‘टुर दि ठाकुरद्वारा’ मा १ सय ५० जना सहभागी हुने

नेपालगञ्ज – ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रामा नेपाल र भारतका एक सय ५० जना सहभागी हुने भएका छन् ।
‘टुर दि ठाकुरद्वारा’ को यो तेस्रो संस्करण हो । माघ २३ गते विहान ८ बजे बागेश्वरी मन्दिरबाट शुरु हुने ‘टुर दि ठाकुरद्वारा’ मा भारतको बरेलीका तीन, नैनीनाल र ओडिसाबाट एक÷एक जना सहभागी भएका छन् । विश्व साइकलयात्री पुष्कर शाहले यसपाली पनि ‘टुर दि ठाकुरद्वारा’ नेतृत्व गर्ने आयोजकले बताएका छन् ।
बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि ‘टुर दि ठाकुरद्वारा’ आयोजना गरिदै आइएको छ ।
नेपालगञ्ज साइक्लिङ क्लव र नाटा बाँकेले आयोजना गरेको ‘टुर दि ठाकुरद्वारा’ को तयारीबारेमा बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको थियो । क्लवका अध्यक्ष गगन थापा, नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देल र कार्यक्रमका संयोजक सतिश निरौलाले बाँके र बर्दियाको पर्यटन प्रवद्र्धनको उद्देश्यले ‘टुर दि ठाकुरद्वारा’ आयोजना गरिएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !