सिनियर अनमी भारतीको कोरोनाबाट मृत्यु

नेपालगञ्ज – कोरोनाबाट बाँकेमा सिनियर अनमी रमा भारतीको मृत्यु भएको छ ।
बाँकेको टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत ४२ वर्षीया भारतीको कोरोना भएको पाँचौ दिन आज विहान भेरी अस्पतालमा मृत्यु भएको छ ।
भारती बर्दिया स्वास्थ्य प्रमुख गोकर्ण गिरीका श्रीमती हुन् । भारतीको शवलाई बर्दिया लगिएको छ । उनको मगरागढीमा घर रहेको छ । जब्दीघाटमा दाहसंस्कार गर्ने घरपरिवारले बताएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !