प्रविणको हत्या आरोपमा विवेक पक्राउ
नेपालगञ्ज – राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रविण थापामगरको हत्यामा संलग्न भएको आरोपमा एकजनालाई काठमाडौंबाट पक्राउ गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नेपालगञ्ज–६ का १८ वर्षीय विवेक परियारलाई भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको हो । सीआइबी प्रमुख सहकुल थापाले प्रविणको चार जनाले मिलेर हत्या गरेको दावी गर्नुभयो । थापाका अनुसार, गाँजा खाइरहेको बेलामा प्रविणले आएर हस्तक्षेप गर्ने प्रयास गरेपछि सबै जना मिलेर हत्या गरेका थिए ।
अनुसन्धानका सहायक सूचक प्रविणको माघ २ गते नेपालगञ्ज–१८, कारकादोस्थित तोरीबारीमा हत्या भएको थियो ।