क्यापिटल हिल शपथ, ‘थ्यांक्यु अमेरीका’

अमेरीकाको ४६ औ राष्ट्रपति पदको शपथ लिएलगत्तै उमेरले ७८ पुगेका राष्ट्रपति जो बाइडेनले आफ्नो चोर औलाले दूरको दृश्य देखाउँदै अमेरीकी जनताबीच एकता र स्थिरता कायम गर्दै अघि बढ्ने बताए ।
‘दिस ल्याण्ड वाज मेड फर यू एण्ड मि……’
चर्चित कलाकार जेनिफर लोपेजले राष्ट्रपति बाइडेनको शपथ ग्रहण कार्यक्रममा गीत गाइन् । निर्वाचन कै समय पनि उनी प्रेसिडेन्ड बाइडेनको समर्थक थिइन् । पहिले पहिलेका राष्ट्रपतिहरुका पालामा जस्तो लाखौं जनता माझ थिएन, ’प्रेसिडेन्ट’ बाइडेनको ’इनग्रेसन’ कार्यक्रम ।
सय बर्ष भन्दा बढी पुरानो बाइबल माथि हात राख्दै शपथ खाएका राष्ट्रपति बाइडेनले सहिष्णु भएर चुनौतीलाई सामना गर्ने आत्मविश्वास सहितको भाषण दिए ।
दोस्रो विश्व युद्ध पछि अमेरीकामा सत्यको पक्षमा अघि बढ्न प्रेरित गर्ने महत्वपूर्ण र दमदार भाषण दिंदै सत्तारोहण गरेका छन्, बाइडेनले ।
लोकतन्त्र नाजुक हुन्छ लोकतन्त्रलाई सम्हालेर लैजानु पर्ने भन्दै सत्य र झुठको पहिचान गर्नसक्नु पर्ने कुरामा राष्ट्रपति बाइडेनले जोड दिए ।
सिभिल वार पछि पहिलो पटक अमेरीकी समाज नराम्रोसँग विभक्त भएको समीक्षासहित राष्ट्रपतिले सम्हालिएर भाषण दिए ।
बाइडेनको ‘इनग्रेसन’ संकटका बीच निकै शतर्कताका साथ सम्पन्न भयो । जहाँ ननगरिकको उपस्थिति नै रहेन केवल भिआईपीको उपस्थिति मात्रै रह्यो ।
सन १९७२ मा २९ बर्षको उमेरमा सिनेटर बनेका राष्ट्रपति बाइडेनले सन् १९८७ देखि राष्ट्रपति बन्न प्रयास गरिरहेका थिए । मध्यम वर्गिय परिवारका बाइडेनले पहिलो श्रीमती, एक छोरी र एक छोरा गुमाइसकेका छन् । श्रीमति र छोरी कार एक्सिडेन्टमा र एक छोराको क्यान्सर रोगबाट मृत्यु भइसकेको छ । बाइडेनको ब्यक्तिगत जीवन निकै संघर्षपूर्ण रहेको छ ।
केही साता अघि अमेरीकाको संसद भवनमा भएको हिंसा प्रति लक्षित गर्दै राष्ट्रपति बाइडेनले संयमित हुन समेत अमेरीकी जनतालाई आव्हान गरे । ‘डेमोक्रेसी ह्याज प्रिभेलल्ड’ भन्दै बाइडेनले आफ्नो शपथ ग्रहण कार्यक्रमलाई ’डेमोक्रेसी डे’ भनेर सम्बोधन गरे ।
वासिङ्टन डीसीस्थित क्यापिटल हिलमा आयोजना हुने राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रमलाई ’इनग्रेसन’ कार्यक्रम भन्ने चलन छ, अमेरीकामा ।
जिमी कार्टर स्वास्थ्य अवस्थाका कारण सत्ता हस्तान्तरण कार्यकर्ममा उपस्थित हुन नसक्ने अग्रिम जानकारी गराएका थिए । तर आउट गोइङ्ग प्रेसिडेन्ट डोनाल्ड ट्रम्प पनि समारोहमा उपस्थिति नजनाउनु अमेरीकी ईतिहांसमा थप बेग्लै निर्णय मानिएको छ । अमेरीकाको इतिहांसमा यसअघिका राष्ट्रपतिहरु जोन एडम्स, जोन क्विन्स एडम्स र एण्ड्री जोन्सनले पनि शपथग्रहण समारोह बहिष्कार गरेका थिए ।
बदलिंदो अमेरीकाका राष्ट्रपति बाइडेनले अब इण्डो प्यासिफिक क्षेत्रका लागी कस्तो नीति लिनेछन् भन्ने कुराले एशिया र दक्षिण एशियामा पर्ने प्रभावलाई देखाउनेछ ।
जोन अफ केनेडि पछि बइडेन क्याथोलिक समुदायबाट प्रतिनिधित्व गर्ने अर्का राष्ट्रपति बनेका छन् ।
बीबीसी र सीएनएन लगायतका सञ्चार माध्यमबाट अमेरीकाको राष्ट्रपतिको ’इनग्रेसन’ प्रत्यक्ष प्रसारण हेरिरंहदा बाइडेनले अन्तर्राष्ट्रिय समुदायलाई भन्दा अमेरीकी जनतामाझ गरिरहेको अपील महत्वपूर्ण देखियो ।
महामारीबाट संकटग्रस्त अर्थतन्त्रलाई सहि बाटोमा ल्याउने, रोजगारीको संकट लगायतका आन्तरिक समस्यालाई सामना गर्न बाइडेनले गरेको प्रतिबद्धता चुनौतीपूर्ण देखिन्छन् ।
एकले अर्कोलाई सम्मान गर्नै पर्छ अनि मात्रै हामी सधै सबैकालागी उदाहरणीय बन्छौं नव नियुक्त अमेरीकी राष्ट्रपति बाइडेनको भाषणको आशय स्पष्ट बुझिन्छ । नयाँ राष्ट्रपति बाइडेनले छिमेकी राष्ट्र चीन र भारतसँग अख्तियार गर्ने नीतिले थप राजनीतिक सम्बन्धहरुबारे स्पष्ट पार्ने देखिन्छ ।
रोचक त के छ भने नव नियुक्ति अमेरीकी राष्ट्रपति बाइडेन ३० बर्षदेखि आफु बसेको ठाउँ देखि दिनहुँ रेलबाट वासिङ्ट्न डीसी आउजाउ गर्ने गर्थे । त्यसैले त्यहाँको एउटा रेल्वे स्टेसनको नामाकरण बाइडेनको नाममा यसअघि नै राखिएको छ ।
एक कार्यकाल मात्रै अमेरीकाको शासन सत्ता सम्हालेका आउट गोइङ प्रेसिडेन्ट डोनाल्ड ट्रम्प जतिसुकै विवादित रहेपनि उनले संसारमा कहिं पनि अमेरीकाका तर्फबाट कुनै खाले युद्धको शुरुवता गरेनन्, यो अमेरीकाको इतिहांसमा एउटा फरक रेकर्ड हो ।
झण्डै २० मिनेट गरेको ‘इनग्रेसन’ भाषणको अन्त्यमा नवनियुक्त राष्ट्रपति बाइडेनले भने ‘थ्यांक्यू अमेरीका’ ।


error: यो सुविधा उपलब्ध छैन !