वडा–वडाबाट कांग्रेसको विरोध

नेपालगञ्ज – नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सबै वडामा कार्यक्रम गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदम असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको हो ।
बाँकेका सबै वडा तहमा कांग्रेसले बिहीबार विभिन्न तरिकाले विरोधका कार्यक्रम गरेको छ । नेताहरुले आ–आफ्ना वडामा भएका विरोध कार्यक्रममा सम्बोधन गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ ले हडियाबाबा मन्दिर परिसरमा कोण सभा र ¥याली गरेर विरोध जनाएको छ ।
विरोध कार्यक्रममा वडा तहका नेपाली कांग्रेसका अगुवा कार्यकर्ताले स्वतन्त्र न्यायपालिकामाथि सरकारले दवाव दिन थालेको विषयमा गम्भीर चिन्ता ब्यक्त गरेका थिए ।
जिल्ला सदस्य रितु शाही, महाधिवेशन प्रतिनिधि प्रल्हाद कार्की, क्षेत्रीय सदस्य कपिल पाठक, प्रेम विसी, महिला संघकी सुशीला कार्की, मुस्लिम अगुवा शाकिर शेष, प्रेस युनियनका बसन्त उपाध्याय र अगुवा पूर्णप्रसाद जैसीलगायतकाले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
ईकाई सभापति जमालुद्दिन वागवानको सभापतित्वमा सम्पन्न विरोध कार्यक्रममा लोकतन्त्र र संविधानको रक्षाका लागी एक जुट हुन सबैलाई आव्हान गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !