सुर्खेतका संक्रमितको नेपालगञ्जमा मृत्यु

नेपालगञ्ज – सुर्खेतका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुुसार, सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ९ का ७१ वर्षीय पुरुषको भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।
७१ वर्षीय बृद्धलाई स्वास्थ्यमा समस्या आएपछि पुस २७ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो । कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनलाई भेरीमा रिफर गरिएको थियो । बिरामीको आज ६ बजेर पाँच मिनेटमा मृत्यु भएको हो ।
बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन आउदा बाँकेमा मृत्यु हुनेको संख्या ८५ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !