अर्जुन र रञ्जनको जोडी प्रथम

नेपालगञ्ज – नेपालगञ्जमा भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा युगलतर्फ अर्जुन बुढामगर र रञ्जन भण्डारीको जोडी प्रथम भएको छ
आइतबार सम्पन्न खेलमा पुरुष युगलतर्फ अर्जुन र रञ्जनको जोडी शिव सुनार र कृष्ण सलामीलाई २–१ सेटमा पराजित गर्दै प्रथम भएको हो ।
सोही ईभेन्टमा प्रकाश केसी र सुभाष सुवेदी तथा देवबहादुर बोहोरा र प्रकाश केसीको जोडी तृतीय भएको छ ।
प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः नगद १० हजार, ६ हजार र ३ हजार कप, पदक तथा प्रमाण पत्र प्राप्त गरे । पुरुष एकलतर्फ सचिन चौधरी प्रथम हुन सफल भए । सोही ईभेन्टमा शिव सुनार दोश्रो, सद्दाम शेष र राजेश विसी तेस्रो भएका छन् ।
महिला एकलतर्फ विपना थापा प्रथम, सुनिता शर्मा द्वितिय तथा निशा यादव र प्राची पौडेलले तेस्रो स्थान हासील गरे । पुरुष एकल लिग खेलतर्फ सहरोज अन्सारी प्रथम, शिव थापा द्वितिय तथा राहुल गुप्ता र विलाल वारिस तृतीय भएको सहआयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले जानकारी दिनुभयो ।
विजयी खेलाडीहरुलाई प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, प्रदेश सभा सदस्य मो. याकुव अन्सारी, उपमहानगर प्रमुख डा. धवलशमशेर राणा, उपमेयर उमा थापा मगर, वडा नं. १३ का वडाध्यक्ष विरेन्द्र बहादुर, प्रशिक्षक जयन्तकुमार श्रेष्ठ शाहलगायतले पुरस्कार पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !