रंगशालामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता

नेपालगञ्ज – नेपालगञ्जमा आजदेखि खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ को आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र क्षेत्रीय खेलकुद बिकास समिति लुम्बिनी प्रदेश नेपालगञ्जको सहआयोजनामा नेपालगञ्ज रंगशालास्थित कबर्ड हलमा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको वडाध्यक्ष वीरेन्द्रबहादुर शाह र संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले प्रशिक्षक जयन्तकुमार श्रेष्ठलाई खेल सामग्री हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको छ । प्रतियोगिता भोलिसम्म चल्ने समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार, प्रतियोगितामा मेन्स डबल्स, मेन्स सिंगल्स, गल्र्स सिंगल्स लगायतका ईभेन्ट समावेश गरिएको छ । मेन्स डबल्समा नगद पुरस्कार राखिएको छ भने अन्यमा पदक, कप र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । डबल्समा प्रथम हुनेले नगद १० हजार, दोस्रोले ६ हजार तथा तेस्रोले ३ हजारसहित पदक र प्रमाणपत्र पाउने छन् ।
संयोजक श्रेष्ठले डबल्समा १ हजार र अन्यमा ३ सय रुपैया प्रवेश शुल्क राखिएको समेत जानकारी दिनुभयो । प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित पुरुष एकलमा पनि प्रतिस्पर्धा हुने संयोजक श्रेष्ठले बताउनुभयो । मेन्स डब्ल्समा ४० टीमको सहभागीता छ । त्यसैगरी मेन्स सिङ्गल्समा १६ जना, गल्स सिन्ङ्गल्समा १२ जना सहभागी छन् ।


error: यो सुविधा उपलब्ध छैन !