मानव बेचबिखनविरुद्ध बिद्यार्थीलाई सचेतना

नेपालगञ्ज – मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि बिद्यार्थी सक्रिय हुने भएका छन् ।
मानव बेचखबिखन तथा ओसारपसार अपराध भएको हुँदा यसको नियन्त्रणका लागि बिद्यार्थी पनि सक्रिय हुने बताएका हुन् ।
माइती नेपालले सोमबार खजुरामा बिद्यार्थीसंँग गरिएको व्यवसायिक बाल यौन शोषण एवं मानव बेचबिखनबिरुद्धको अभिमुखकिरणमा सहभागीले स्थानीय स्तरमा यसको थप कार्यक्रमहरु र प्रभावकारिता आवश्यक रहेकोमा जोड दिए ।
मानव बेचबिखन तथा ओसारपसारका दलालहरु समुदायस्तरसम्म क्रियाशील भएको हुँदा यस्ता कार्यमा संलग्न दलाललाई समयमै पहिचान गर्नका लागि संयन्त्र निर्माण गर्नुपर्ने उनीहरुले बताए । आदर्श माध्यमिक बिद्यालय र ज्ञानोदय माध्यमिक बिद्यालयका बिद्यार्थीसँग गरिएको अभिमुखीकरण कार्यक्रममा व्यवसायिक बाल यौन शोषण बिरुद्ध जानकारी गराइएको थियो भने समुदाय स्तरमा मानव बेचबिखन तथा ओसार पसारका लागि दलालले अपनाउने तौर तरिका, मानव बेचबिखनका प्रयोजन, कारणहरु समेतको बारेमा प्रकाश पारिएको थियो ।
मानव बेचबिखन तथा ओसार पसार कार्य नियन्त्रण ऐन २०६४, नियमावली २०६५ समेतले मानव बेचबिखन तथा ओसार पसारलाई रोक लगाएको भएता पनि देशभित्र, सीमापार र समुन्द्रपार समेतमा बेचबिखन हुँदै आएको छ । अभिमुखीकरणमा मानव बेचबिखनको अवस्था, यस सम्बन्धमा बनेका नीति नियम, कानूनको बारेमा समेत जानकारी गराइएको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !