संसद विघटनको पराकम्पन प्रदेशमा देखिन्छ : भट्टराई
नेपालगञ्ज – नेकपाका नेता योगेश भट्टराईले संसद विघटनको पराकम्पन प्रदेश सरकारमा पर्ने बताउनु भएको छ ।
प्रेस संगठन, बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले भन्नुभयो, ‘पुस ५ गते संसदमा भूकम्प गयो । त्यसको पराकम्पन प्रदेशमा आउँछ ।’ नेता भट्टराईले प्रदेशहरुमा आउदै गरेको अविश्वासको प्रस्तावलाई स्वभाविक रुपमा लिएको संकेत गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर समग्र प्रणालीमाथिको मृत्युपत्रमा हस्ताक्षर गरेको भट्टराईको टिप्पणी थियो । उहाँले आन्दोलन गरेर भएपनि असंवैधानिक कदमलाई सच्याउनु पर्ने बताउनुभयो ।
नेता भट्टराईले प्रधानमन्त्रीले अख्तियारको दुरुपयोग गरेको बताउनुभयो । उहाँले संसद पुनस्र्थापना हुनुपर्नेमा जोड दिनुभयो । ‘अदालत, निर्वाचन आयोगले विवेकसम्मत निर्णय गर्छन् । संविधान, ऐन कानून हेरेर निर्णय हुन्छ, भट्टराईले भन्नुभयो, हन्डे«न प्रसेन्ट संसद पुनस्र्थापना हुन्छ ।’