चिसो बढ्यो, के गर्ने ?
नेपालगञ्ज – चिसोको मौसम शुरु भइसकेको छ । तराईको बाँके जिल्लामा पनि हरेक वर्ष चिसोले प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । चिसो र शितलहरले यस क्षेत्रका विद्यालय, दैनिक मजदुरी गर्ने श्रमिक, बालबालिका तथा जेष्ठ नागरिक, असाहय तथा गरिबहरु बढी प्रभावित हुने गर्दछन् । यसैक्रममा बाँकेमा चिसो तथा शितलहरबाट बच्ने उपाय तथा पूर्व तयारी र योजनाका बारेमा बाँके प्रशासनको ध्यानकार्षण गराइएको छ ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी नेतृत्वको नागरिक अगुवाहरुको टोलीले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङलाई उक्त ध्यानाकर्षण पत्र प्रदान गरिएको छ ।
चिसोबाट बच्ने उपाय तथा व्यवस्थापन र आमनागरिकको जीवन रक्षाका लागि तयारी तथा कार्यक्रम, विभिन्न सरोकारवाला निकायले चिसो तथा शितलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सोबाट बच्ने उपायका विषयमा प्रत्येक गाउँ, टोल र घर–घरमा गई जनचेतना फैलाउने कार्य, प्रत्येक टोलटोलमा काठ दाउराको व्यवस्थापन, उपभोक्ता तथा आम नागरिकका लागि तत्काल तातो खानेपानीको उचित व्यवस्थापन, लगायत ६ बुंदे ध्यानाकषर्ण पत्र बुझाइएको छ ।