मानव बेचबिखनविरुद्ध किशोरीलाई अभिमुखीकरण

बर्दिया – माइती नेपाल, बर्दियाले गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा मानव बेचबिखनविरुद्ध किशोरीहरुलाई अभिमुखीकरण गरेको छ ।
माइती नेपाल, बर्दियाका संयोजक गायत्री रिमालका अनुसार, गुलरिया र बढैयातालमा पटक–पटक गरेर ५० बढी किशोरीहरुलाई बेचबिखनविरुद्धमा अभिमुखीकरण गरिएको छ । किशोरीहरुलाई मानव बेचबिखन भनेको के हो ?, मानव बेचबिखनका कारणहरु, दलालले अपनाउने तौरतरिका, दलालले सम्पर्क गर्न सक्ने संभावित क्षेत्रहरु, मानव बेचबिखनका प्रयोजनहरुबारेमा अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरणमा मानव बेचबिखनको बदलिदो स्वरुप र कानूनी व्यवस्थाका बारेमा पनि जानकारी गराइएको थियो ।
अभिमुखीकरणमा सक्रिय सहभागिता जनाएका किशोरीहरुले मानव बेचबिखनविरुद्ध सिकेको कुरालाई गाउँमा अरुलाई सिकाउने प्रतिबद्धता गरेका थिए । बच्ने र बचाउने विषयमा उनीहरुको विशेष जोड थियो ।


error: यो सुविधा उपलब्ध छैन !