दाङका कोरोना संक्रमित ४२ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – बाँकेमा उपचार गराउन आउदा दाङका ४२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि मंसीर २ गते कोहलपुर मेडिकल कलेजमा उपचार गराउन आएका ४२ वर्षीय पुरुषलाई भोलीपल्ट कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई भेरी अस्पताल, नेपालगञ्जको आइसोलेसन युनिटमा सारिएको थियो ।
ती व्यक्तिको उपचारको क्रममा आज विहान ७.४८ बजे मृत्यु भएको छ । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !