भेरीमा थपिए ५४ जना संक्रमित
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा सोमबार ५४ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालका अनुसार, ५ वर्षीय बालकदेखि ८० वर्षका बृद्धलाई कोरोना देखिएको छ । अस्पतालले विगत २४ घण्टा गरेको एक सय ९८ वटा परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
भेरीमा कोरोना पुष्टि हुनेहरु बाँके र बर्दिया जिल्लाका रहेका छन् । बर्दियाको ठाकुरबाबा, गुलरिया नगरपालिका धेरै छन् ।
भेरीले अहिलेसम्म ४९ हजार ६६ वटा स्याम्पलको परीक्षण गरेको छ ।