दौतरी शिक्षाको सिप सिक्दै किशोरीहरु

बर्दिया – प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणिय विशिष्टता समूह (बीग्रुप) बाँकेको साझेदारीमा बर्दिया जिल्लाको राजापुर नगरपालिका, बाँसगढी नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा सञ्चालित बालविवाह तथा जबरजस्ती विवाह परियोजनाअन्तर्गत परिवर्तनका संवाहक किशोरीहरुलाई दौतरी शिक्षा सम्बन्धी दुई दिने अनुशिक्षण गरिएको छ ।
बर्दिया जिल्लाको बाँसगढी नगरपालिका र बढैयातालमा आयोजना गरिएको दौतरी शिक्षा सम्बन्धी अनुशिक्षणमा ५० जना किशोरीहरु सहभागी भएका थिए ।
अनुशिक्षणमा सहभागी किशोरीहरुले आफ्ना साथीहरुलाई आफुले सिकेका ज्ञानहरुलाई कसरी जानकारी गराउने भन्ने सिपका बिषयमा जानकारी हासिल गरेका छन् । यस दुई दिने अनुशिक्षणको उद्देश्य सिओसी समूहमा आवद्ध नभएका किशोरीहरुलाई बिद्यमान समाजका रहेका कुरुती, हानीकारका अभ्यास र प्रजनन स्वास्थ्यका बिषयमा जानकारी गराउनु रहेको छ ।
दुई दिनको अनुशिक्षणबाट आफुले बालविवाह, चेलीबेटी बेचविखन, लैंगिक हिंसा र लैंगिक समानताकाबारेमा जान्ने मौका पाएको र आफुले सिकेका कुरालाई आफ्ना साथीहरुलाई कसरी जानकारी गराउने भन्ने सिपहरुको बारेमा सिकेको तालिममा सहभागी सविना थारुले बताउनुभयो ।
अनुशिक्षणको क्रममा प्लान ईन्टरनेशनल नेपालको बाल तथा युवा संरक्षण सम्बन्धी जानकारीको बारेमा कार्यक्रम संयोजक दिनेश चौधरीले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण निर्मल चौधरीले गर्नुभएको थियो ।
बीग्रुप, बाँकेले बाल तथा जबरजस्ती विवाह रोकथाम परियोजनाअन्तर्गत बाँसगढी नगरपालिका, राजापुर नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा १० देखि १५ र १६ देखि २४ बर्ष उमेरका किशोर तथा किशोरीहरुको समूह गठन गरी सिओसी सहजकर्ताहरुमार्फत किशोर तथा किशोरी शिक्षाहरु सञ्चालन गर्दै आइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !