जन्डिससमेत भएका व्यक्तिको कोरोनाबाट मृत्यु

नेपालगञ्ज – एक महिनादेखि जन्डिससमेत भएका रोल्पाका ५६ वर्षीय पुरुषको कोरोनबाट नेपालगञ्जमा मृत्यु भएको छ ।
लिवाङ नगरपालिका वडा नं. ४ का ५६ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि रेउघा अस्पतालमा लगिएको थियो । त्यहाँबाट कात्तिक १४ गते मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । कोहलपुरमै हुँदा उनको स्वाव परीक्षण भयो । १५ गते कोरोना पुष्टि भयो ।
१६ गते भेरी अस्पतालमा ल्याइएको थियो । उनको गएराती १२.१० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या २९ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !