कोरोनाले गर्दा बाघ ओझेलमा

बसन्त उपाध्याय (बर्दिया) – यतिबेला बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्र सुनसान देखिन्छ । कोभिड–१९को महामारीले पर्यटन व्यवसायमा ठूलो चोट पु¥याउदा निकुञ्ज आसपासमा सुनसान भएको हो ।
सजिलै बाघ हेर्न पाईने नामले चर्चित छ, बर्दिया राष्ट्रिय निकुञ्ज । अहिले यहाँ बाघ छन्, पर्यटक आएका छैनन् ।
इको–टुरिजमको छाता भित्र रहेका बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रको पर्यटन व्यवसाय झण्डै शून्यको अवस्थामा छ । कोभिड–१९को महामारी शुरु भएसँगै ‘होम स्टे’ व्यवसाय सञ्चालन गरेका बर्दियाको बफर जोन क्षेत्रको पर्यटन व्यवसाय स्थिर छ ।
यो अवधि आन्तरिक र बाह्य पर्यटनहरुबाट खचाखच भरिने सिजन हो । तर यस पटक पर्यटकहरु आएका छैनन् ।
पर्यटक नआउँदा खालि रहेका यस क्षेत्रका होम स्टे, होटल, रेष्टुरेन्ट र रिसोर्टहरु फेरी व्यवसाय सुचारु हुने आशामा अहिले मर्मत सम्हार भइरहेका छन् ।
बफर जोनमा होम स्टे सञ्चालन गर्दै आइरहेका बेतहनीका सन्तोष थारुको मुख्य आयश्रोत नै ‘होम स्टे’ हो । तर चैत्र पहिलो सातादेखि बन्द भएको व्यवसायका कारण थारुको परिवार अप्ठेरोमा परेको छ ।
गत साल भ्रमण वर्ष २०२० घोषणा भएसँगै उत्साहित भएका सन्तोष थारु अहिले निरास अवस्थामा कहिले पाहुना आउलान् भनेर बाटो हेर्दै बस्ने गर्छन् ।


‘मेरो सम्पतिको नाममा यिनै पुराना घरहरु छन्, जग्गा जमिन केही छैन अप्ठेरोमा छ परिवार’ पर्यटन व्यवसायी थारुले दुःखेसो पोख्नुभयो । थारुका एक छोरा, एक छोरी छन् । व्यवसाय रोकिंदा परिवार पाल्न धौ–धौ भएको छ थारुलाई ।
५ कोठासहित होम स्टे सञ्चालन गरेका थारु २ कोठा थप्ने प्रयासमा छन् । नेपाली पर्यटकलाई कम्तिमा एक हजार कोठाको साथमा नेपालीलाई दश हजारको प्याकेजमा जंगल घुमाउने गर्नुहुन्छ, थारु । विदेशी पर्यटकको हकमा प्रति ब्यक्ति १४ हजारमा जंगल घुमाउने गरेको थारुले बताउनुभयो ।
यही एक गते देखि निकुञ्ज सञ्चालनमा आउने भनिएपछि फेरी उत्साही भएका छन् यस क्षेत्रका पर्यटन व्यवसायीहरु ।
गाइडको प्रमाणपत्र लिएका सन्तोष थरु भन्नुहुन्छ, ‘पाहुना छैनन् इण्टरनेटमा पनि पैसा तिरेको छैन । पैसा हालेर पनि के गर्ने ।’ वेतहनी गाउँ ठाकुरबाबा नगरपालिका–९ का स्थायी वासिन्दा हुन् थारु ।
केही वर्ष यता बफर जोनका डल्ला, बेतहनीसहितका ग्रामीण क्षेत्रका घरहरुमा ’होम स्टे’ व्यवसाय गर्नेहरुले मनग्य आम्दानी गर्दै आइरहेका थिए । तर कोभिड–१९ महामरीका कारण बर्दियाको पर्यटन व्यवसाय धरासायी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !