गेष्टहाउसमा रेडपाण्डाको छाला

नेपालगञ्ज – बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले कोहलपुरको राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्की रहेका छन् ।
बाँके प्रहरी सहप्रवक्ता हृदेयस सापकोटाले रेडपाण्डाको छालासहित पक्राउ परेका व्यक्तिलाई नेपालगञ्ज ल्याइरहेकाले केहीबेरमा विस्तृत जानकारी दिने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !