सात वर्षीया बालिकादेखि ७८ वर्षीया बृद्धाले कोरोना जिते

नेपालगञ्ज – बाँकेमा शनिबार ३८ जनाले कोरोनालाई जितेका छन् ।
कात्तिक ५ गते कोरोना पुष्टि भएपछि विभिन्न आइसोलेसनमा बसेका उनीहरु आज डिस्चार्ज भएका हुन् ।
पछिल्लो तीन दिनमा लक्षण चिन्ह नदेखिएका संक्रमितलाई दश दिनमा डिस्चार्ज गर्ने नीति अनुसार उनीहरु डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ७ वर्षीया बालिकादेखि ७८ वर्षीया महिला रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्लामा अहिलेसम्म दुई हजार ८ सय २४ जना डिस्चार्ज भएका छन् । २ सय ५६ जना आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !