कोहलपुरमा कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुरमा उपचार गराउन आएका दाङका कोरोना संक्रमितको आज विहान मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका दाङका ७० वर्षीय पुरुषको आज विहान ५ बजे मृत्यु भएको हो ।
घोराही उपमहानगरपालिका वडा नं. ४ का ७० वर्षीयलाई पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक ११ गते कोहलपुरको आइसीयु युनिटमा भर्ना गरिएको थियो । कोरोना आशंकामा भोलीपल्ट स्वाव लिएर जाँच गर्दा त्यही दिन अपरान्ह ५ बजे कोरोना पुष्टि भएको थियो । उनको विहान मृत्यु भयो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !