जापानमा बस्ने जनकले गरे, जन्मदिनमा नीलसागरलाई सहयोग

नेपालगञ्ज – जापानमा बस्ने जनकविक्रम शाहीले आफ्नो जन्मदिनमा नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र, नेपालगञ्जलाई सहयोग गर्नु भएको छ ।
शाहीले आइतबार परेको जन्म दिनमा आमा पदमा शाही र भाइ विकास शाहीलाई नीलसागरमा पठाएर ३० हजार ५१ रुपैया सहयोग गर्नु भयो । कामका सिलसिलामा जापानमा बसेपनि गृह नगरमा केही न केही सामाजिक कार्य गरौं भन्ने भावना रहेका शाहीले जन्म दिनमा पनि नीलसागरका बृद्धाबृद्ध र बच्चाहरुलाई सम्झिनु भएको छ ।
आमा पदमा र भाइ विकासले शाहीले पठाएको ३० हजार ५१ रुपैया नीलसागरका संस्थापक उपाध्यक्ष नारायणबहादुर सुवेदी (अमन) लाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा आमा पदमाले छोरा जनकको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
नीलसागरका संस्थापक उपाध्यक्ष सुवेदीले शाहीले उपलब्ध गराएको रकमले आश्रममा रहेका शिव पार्वती आमा बुवाका लागि खर्च गरिने जानकारी दिनुभयो । उहाँका अनुसार, अहिले नीलसागरमा ९७ जना हुनुहुन्छ । त्यसमा २५ जना बालबालिका छन् । नीलसागरको कोहलपुर शाखामा १८ जना जेष्ठ नागरिक रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !