उपमेयरलाई कोरोना

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई कोरोना पुष्टि भएको छ ।
केही दिनदेखि अस्वस्थ रहनु भएकी उपमेयर थापालाई कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले उपमेयर थापालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
भेरीमा गरिएको परीक्षणमा उपमेयर थापालाई कोरोना देखिएको हो । उपमेयरलगायतको रिपोर्ट भने सार्वजनिक हुँदैछ । उपमेयर थापा कोरोना कहरको शुरुवातदेखि नै व्यवस्थापन खटिनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !