नौ महिनाकी बच्चीले जितिन् कोरोना

नेपालगञ्ज – बाँकेमा सोमबार नौ महिनाकी बच्चीसहित ३८ जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोहलपुर मेडिकल कलेजमा बसेकी नेपालगञ्ज–१२ की नौ महिनाकी बच्चीले कोरोनालाई जितेर डिस्चार्ज भएको जानकारी दिनुभयो ।
सोमबार डिस्चार्ज भएकाहरु अधिकांश कोहलपुर मेडिकल कलेजमा बसेका छन् । केही होम आइसोलेसन र आदर्शनगरस्थित आइसोलेसनमा बसेका छन् ।
फोकलपर्सन श्रेष्ठका अनुसार, एक हजार आठ सय ४७ जना डिस्चार्ज भइसकेका छन् । ५ सय ३२ जना आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !