एक सय ३७ जना संक्रमित थपिए
नेपालगञ्ज – बाँकेका तीन वटा प्रयोगशालामा शनिबार एक सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमा बाँकेका ४२ र बाहिरका ९५ जना रहेका छन् ।
भेरी अस्पतालमा मात्रै एक सय तीन जना संक्रमित थपिएका छन् । त्यसमा बाँकेका २० र ८३ जना बर्दियाका छन् ।
मेडिकल कलेजमा गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको छ । त्यसमा बाँकेका १६ र बाहिरका चार जना रहेका छन् । बागेश्वरी ल्याबमा १४ जनामा कोरोना देखिएको छ । त्यसमा बाँकेका ६ जना रहेका छन् ।
जिल्लामा शनिबार अहिलेसम्मकै अधिक संक्रमित थपिएका हुन् ।