बलात्कारीलाई सजाय कम भएन र डियर सरकार ?

सुरेश आचार्य (सुर्खेत) –– पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि त्यसविरुद्ध सुर्खेतका युवायुवतीले शान्तिपूर्ण ¥याली निकालेका छन् । बलात्कारीलाई कारबाहीको माग गर्दै उनीहरूले शनिबार वीरेन्द्रनगरमा शान्तिपूर्ण ¥याली निकालेका हुन् । 

बलात्कारीले पाउने सजाय कम भएन र डियर सरकार ?, सरकार ! कुर्ची बचाउने लोभमा अपराधी बचाउने कहिलेसम्म ?, जब हामी अरुको लागि बोल्छौं तब हाम्रो लागि पनि कोही बोल्दिन्छ, आऊ मेरो परिपुरक हौ । हातेमालो गरेर एक अर्काे युद्ध आरम्भ गरौं ।
बलात्कारविरुद्ध प्लेकार्ड बोकेर शनिबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा शान्तिपूर्ण ¥याली निकालेको आन्दोलनको नेतृत्व गरेकी दीपा आचार्यले भन्नुभयो, ‘पछिल्लो समय घरबाटै बालिका तथा किशोरी असुरक्षित छन् । त्यसकाविरुद्ध हामी सबै बोल्नुपर्छ ।’
आफ्नै घर, गाउँ, समाजमा बलात्कार रोक्न सबै एकताबद्ध भएर आवाज उठाउनु पर्ने सामाजिक अभियान्ता लक्ष्मी खत्रीले बताउनुभयो । ¥यालीमा सुर्खेतका युवायुवती स्वस्फूर्त ढंगले सहभागी भएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !