१५ जनामा कोरोना पुष्टि

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले १५ जनालाई कोरोना पुष्टि गरेको छ ।
सरकारले लक्षण चिन्ह देखिएका व्यक्तिको मात्रै पीसीआर जाँच गर्न निर्देशन पठाए अनुसार स्वाव संकलन नै खुम्चिएको र भेरीमा आवश्यक किट अभाव हुँदा तीन दिनदेखि कोरोना जाँचको रिपोर्ट बाहिर आएको थिएन ।
सुर्खेतबाट केही किट सापट लिएर जाँच गरेको भेरीले १५ जनालाई कोरोना पुष्टि गरेको हो । कोरोना पुष्टि भएका व्यक्तिहरु विभिन्न जिल्ला ठेगाना भएका छन् । अस्पतालले एक सय ५० जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
कोरोनाको त्रास कम हुँदै गएको र सरकारले नै लक्षण चिन्ह देखिएका व्यक्तिलाई मात्रै पीसीआर जाँच गर्ने भनेकाले अब विरामीको मात्रै कोरोना जाँच हुने भएको छ । अस्पताल आउनेहरुको मात्रै जाँच हुने देखिएको छ । किनकी बिरामी भएपछि मान्छे अस्पताल पुग्छन् ।
भेरीका मेसु डा. प्रकाश थापाले आज किट आइपुग्ने जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !