१४ करोडको योजना माग
नेपालगञ्ज –नेपालगञ्ज उपमहानगरपालिकाले नगरको फुल्टेक्रामा धार्मिक पर्यटकीय पूर्वाधारको योजना ल्याएको छ ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले संघीय सरकारसँग १४ करोडको योजना माग गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बसेको पर्यटकीय पूर्वाधारको योजनालाई सर्वसम्मत स्वीकृत गरेको हो ।
बैठकले गैरसरकारी संस्थालाई व्यवसायको रुपमा नविकरण गर्दै आएकोमा अबदेखि सुचिकृत मात्रै गर्ने निर्णय गरेको प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।
बैठकले नगर क्षेत्रभित्र अनलाईन शिक्षा सञ्चालनका विषयमा सरोकारवालासहितको सहभागितामा स्पष्ट मापदण्ड बनाउने निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बुधबारदेखि सञ्चालनमा आएको फुडबैंकलाई ५ लाख रुपैया सहयोग गर्ने निर्णय समेत गरेको छ ।