असोजदेखि पूर्णरुपमा निषेधाज्ञा हटाउन माग

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले असोज एक गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग गरेको छ । उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा बिक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले लकडाउन र निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसँग माग गरेको हो ।
बिहीबार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न लागू गरिएको लकडाउन तथा निषेधाज्ञा असोज एक गतेबाट हटाउन माग गरेको हो ।
‘साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्नै नसकिने अवस्था आयो, संघका अध्यक्ष मन्सुरीले भन्नुभयो, असोज एक गतेबाट पूर्णरुपमा लकडाउन खोल्ने र निषेधाज्ञा हटाउनुपर्छ भन्ने हामीले जोडदार माग राख्छौ ।’
संघले शुक्रवार र शनिबार हुँदै आएको निषेधाज्ञा पनि हटाउने विषयमा पनि पुर्नविचार गर्न माग गर्ने निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !