चन्दलाई पनि कोरोना

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दलाई पनि कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा चन्दलाई कोरोना देखिएको हो । यद्यपि, भेरी अस्पतालले रिपोर्ट सार्वजनिक गरिसकेको छैन ।
चन्दले आफैले सामाजिक सञ्जालमा लेखेर आफू पनि कोरोनाबाट अछुतो रहन नसकेको बताउनु भएको छ । उहाँले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरुलाई पीसीआर जान्ँच गर्न सुझाव दिनु भएको छ ।
चन्दलगायत केही स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको बुझिएको छ । अस्पतालले केहीबेरमा रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !