८० वर्षीया बृद्धाको कोरोनाबाट मृत्यु
नेपालगञ्ज – नेपालगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, नेपालगञ्ज–१६ की ८० वर्षीया बृद्धाको कोरोनाका कारण मृत्यु भएको हो ।
बृद्धाको विहान मृत्यु भएको हो । उनलाई पोजिटिभ भएको रिपोर्ट आज नै साढे तीन बजे आएको हो । बृद्धा २१ गते मेडिकल कलेज, नेपालगञ्जमा भर्ना भएकी थिइन् ।
बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।