सशस्त्र प्रहरीले कोरोना जिते

नेपालगञ्ज – १६ जना सशस्त्र प्रहरीसहित २४ जना डिस्चार्ज भएका छन् ।
साउन ३२ गते जानकी गाउँपालिकामा लिइएको स्वावमा सशस्त्र प्रहरी र ग्लोबल आइएमईमा काम गर्नेलाई कोरोना देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । एकैपटक धेरैजनामा कोरोना देखिंदा जानकी गाउँपालिकाले यही दिन निर्णय गरेर रातीदेखि भदौ ५ गतेसम्म लकडाउनको निर्णय गरेको थियो ।
जानकीमा स्वाव लिएकालाई कोरोना देखिएपनि उनीहरु त्यहाँका थिएनन् । १६ जना सशस्त्र प्रहरी, तीन जना ग्लोबल आइएमईमा काम गर्ने र अन्यलाई कोरोना देखिएको थियो । त्यस दिन कोरोना देखिएका सबै जना आज डिस्चार्ज भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या ७ सय २७ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !