१४ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेबाट सोमबार १४ जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, साउन २६ गते पोजिटिभ देखिएका १४ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा वडा प्रहरी कार्यालय, नेपालगञ्जका चार जना छन् । उनीहरु घर जादैछन् ।
जिल्लामा अहिलेसम्म ६ सय २८ जना डिस्चार्ज भएका छन् । एक सय ९७ जना आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !