मृतकमा कोरोना पुष्टि

नेपालगञ्ज – कोहलपुर मेडिकल कलेजमा मृत्यु भएका ५० वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
अछाम चौरपाटीका ती पुरुषको आइतबार साँझ साढे ७ बजे मृत्यु भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मृतकमा कोरोना पुष्टि भएको बताउनुभयो ।
बाँकेमा अहिलेसम्म कोरोनाले तीन जना जिल्लावासी र बाहिरबाट आएका दुई जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !