उपसचिवलाई कोरोना

नेपालगञ्ज – नेपालगञ्जमा एकजना उपसचिवलाई कोरोना पुष्टि भएको छ । नेपालगञ्जमा कोरोना लाग्ने उनी उच्च तहका कर्मचारी हुन् ।
जिल्ला समन्वय समिति, बाँकेमा कार्यरत उपसचिवलाई कोरोना लागेको हो । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय, आन्तरिक राजश्व कार्यालयका गरी आधा दर्जनबढी अधिकृतलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।
शनिबार कोरोना पुष्टि भएका नेपालगञ्जका १६ जनामा ११ जना क्वारेन्टाइनमा बसेका र पाँच जना शंका लागेर कोरोना जाँच गर्न आएका हुन् । चार जना कोहलपुरका छन् । बाँकेमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित थपिरहेका छन् । शुक्रबार ४९ र बिहीबार २८ जना थपिएका थिए । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले सुर्खेतरोडको पुष्पलालचोकदेखि गणेशमानचोक खण्डको पूर्वी क्षेत्रलाई सील गरेको छ भने गतशनिबारदेखि लागेको निषेधाज्ञा जारी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !