नेपालगञ्ज र कोहलपुरमा २० जना थपिए

नेपालगञ्ज – बाँकेमा २० जनामा कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जका अनुसार, बाँकेका २० जनामध्येमा १६ जना नेपालगञ्ज र चार जना कोहलपुरका रहेका छन् । अस्पतालमा जाँच गरिएको बर्दियाका दुई जनामा पनि कोरोना देखिएको छ ।
कोहलपुरको ११ नम्बर वडाका तीन जना, वडा नं. ५ का एकजना रहेका छन् । नेपालगञ्जका विभिन्न वडामा कोरोना देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !