चार दिन थपियो निषेधाज्ञा

नेपालगञ्ज – बाँकेमा चार दिन निषेधाज्ञा थपिएको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले उक्त निर्णय गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना देखिएकाले थप चार दिन निषेधाज्ञा बढाइएको जानकारी दिनुभयो । थपिएको निषेधाज्ञा शनिबार रातीसम्म जारी रहने छ ।
५ दिनमा ६२ जना कोरोना संक्रमित थपिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाउदै आएको थियो । तीन दिन निषेधाज्ञा आज समापन हुँदै थियो । आज नै चार दिन थपिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !