जनमतको त्रैमासिक रक्तदान

नेपालगञ्ज – जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आयोजना गरेको रक्तदानमा ४२ जनाले रक्तदान गरेका छन् ।
३९ वर्षदेखि प्रकाशित हुँदै आएको जनमतले शनिबार जयबागेश्वरी सिमेन्ट प्रालि, गनापुरसँगको सहकार्यमा रक्तदान गरेको थियो । जनमतले २०६३ बैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान गर्दै आएको छ ।
रगतको अभावमा कोहीको ज्यान नजाओस् भन्ने पवित्र उद्देश्यले थालिएको रक्तदानको ४६ औं श्रृंखलामा शनिबार ७ महिलासहित ४२ जनाले रक्तदान गरेको पत्रिकाका सम्पादक पूर्णलाल चुकेले जानकारी दिनुभयो ।


जयबागेश्वरी सिमेन्ट प्रालिका महाप्रवन्धक सुमनकुमार श्रेष्ठले रक्तदातालाई टिसर्ट दिएर रक्तदानको शुरुवात गर्नु भएको थियो ।
जनमतको आफ्नै नियमित रक्तदाता रहेका छन् । कार्यक्रमका संयोजक पवन जयसवालका अनुसार, हालसम्म तीन हजार बढीले रक्तदान गरिसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !