हात धुनुस् र ज्वरो नाप्नुस् अनि भित्र जानुस्

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले कार्यालयको मुख्य प्रवेशद्धारमा हात धुने ब्यवस्था गरेको छ । दुईजना स्वास्थ्यकर्मीले कार्यालयमा प्रवेश गर्ने कर्मचारी र सेवाग्राहीको ज्वरो स्क्यान गरिरहेको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो । सेवाग्राहीका लागि मुख्य प्रवेशद्धारमै सेनिटाइजरको समेत व्यवस्था गरिएको छ । यसैगरी सेवाग्राहीको अति चाप हुने राजश्व शाखामा कुपन प्रणाली लागु गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक प्रमुखको जिम्मेवारीमा रहनुभएका उपप्रमुख उमा थापा मगरले उपमहानगरपालिकाले सुरुवातदेखि नै कोरोना रोकथाम र नियन्त्रणका लागि अग्रणी भूमिकामा कार्य गर्दै आएको बताउनुभयो ।
नगर क्षेत्र बाहेक जिल्लाभर कोरोना रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाले जिल्लाका विभिन्न सरोकारवाला निकायसँग समन्वय गरिरहेको उपप्रमुख थापामगरको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !