आन्तरिक राजश्वका एघारसहित ३६ जना थपिए

नेपालगञ्ज – आन्तरिक राजश्व कार्यालयका एघार जनासहित बाँकेमा २७ जना कोरोना संक्रमित थपिएका छन् । बर्दियाका सात र दाङमा दुई जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जका अनुसार, नेपालगञ्जका १६ जना, आन्तरिक राजश्व कार्यालयका कर्मचारी र परिवारका सदस्य गरेर ११ जनामा कोरोना देखिएको छ ।
नेपालगञ्जको वडा नं. ११ का १३ जनामा कोरोना देखिएको छ । वडा नं. १० मा एकजना, वडा नं. १३ र १९ नम्बरका एक एक जना रहेका छन् ।
आन्तरिक राजश्व कार्यालयका एघार जनामध्येमा चार जना बाँके, सुर्खेतका दुई जना, बर्दिया, अर्घाखाँची, कञ्चनपुर, सर्लाही, प्यूठानका एक एक जना रहेका छन् ।
बर्दियामा क्वारेन्टाइनमा आत्महत्या गरेकासहित सात जनामा कोरोना पुष्टि भएको छ । कोरोना देखिनेमा ठाकुरबाबा, गेरुवाका छन् । दाङमा दुई जनामा कोरोना देखिएको छ । उनीहरु राप्ती र गडवाका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !