खेलाडीलाई राहत

नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघले खेलाडीलाई राहत वितरण गरेको छ ।
कोभिड–१९ को समस्यामा परेका खेलाडीलाई थोरै भएपनि सहयोग गर्न राहत वितरण गरिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो । राहत अखिल नेपाल फुटबल संघ (एन्फा) ले पठाइदिएको थियो ।
एन्फाले ७५ हजार पठाएको थियो । बाँके जिल्ला फुटबल संघले ४३ जना खेलाडीलाई एक हजार सात सय ४५ रुपैयाका दरले वितरण गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमी परिसरमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई राहत वितरण गरिएको थियो ।


प्रदेश सांसद एवं ओलम्पियन सुरेन्द्र हमालले बाँके जिल्ला फुटबल संघको अगुवाईमा बन्दै गरेको फुटबल संरचनाहरुको प्रशंसा गर्दै खेलाडीलाई थोरै भएपनि सहयोग गरेकोमा धन्यवाद दिनुभयो । खेलाडीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, एन्फाका पूर्व उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, जिल्लाका पदाधिकारीहरु गोविन्द श्रेष्ठ, वीरेन्द्र श्रेष्ठ, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्कालगायतले राहत वितरण गर्नु भएको थियो ।
वडाध्यक्ष रिजालको अगुवाई र संघको सक्रियतामा धम्बोझीमा ग्रासरुट एकेडेमी बनिरहेको छ । त्यही बास्केटबल कोर्ट, सफ्ट टेनिस, लनटेनिस, क्रिकेट अभ्यासस्थल बनिरहेका छन् । धम्बोझीको ग्राउण्डलाई खेलाडी उत्पादनको केन्द्रको रुपमा विकास गर्ने सम्बद्धहरु बताउँछन् । संघले कोरोनाको माहोल शान्त भएपछि ८ देखि १२ वर्षका बच्चालाई नियमित प्रशिक्षण दिने तयारी गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !