दुई जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा आज दुई जना डिस्चार्ज भएका छन् ।
नेपालगञ्जको आदर्शनगरस्थित आइसोलेसन सेन्टरमा रहेका कोहलपुर र राप्तीसोनारीका एक÷एक जना डिस्चार्ज भएका हुन् । उनीहरु घर जादैछन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, कोहलपुर–६ का ३१ वर्षीय पुरुष र राप्तीसोनारी गाउँपालिका वडा नं. १ का २७ वर्षीय पुरुष कोरोना जितेर घर फर्किदै छन् ।
बाँकेमा अब २४ जना बिरामी छन् । उनीहरु नेपालगञ्ज र खजुराका आइसोलेसन सेन्टरमा बसेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !