अब भारतबाट आउने सबैको पीसीआर

 

नेपालगञ्ज – भारतबाट फर्किने सबैको पीसीआर जाँच हुने भएको छ ।
६ वटा नाकालाई लक्षित गरेर ल्याइएको नयाँ रणनीति अनुसार, नेपालगञ्ज नाकाबाट भित्रिने सबैको पीसीआर जाँच हुने भएको हो । अहिलेसम्म भारतबाट फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा लैजाने, पहिला आरडीटी गर्ने र आरडीटी रिपोर्ट पोजिटिभ आएपछि मात्रै पीसीआर जाँच गर्ने गरिएको थियो ।
नेपालगञ्ज नाकाबाट भित्रिने धेरैजसो कर्णाली प्रदेशका हुने गर्दछन् । नाकाबाट भित्रिने बित्तिकै त्यही पीसीआर गर्ने कि क्वारेन्टाइनमा लगेर पीसीआर गर्ने वा सम्बन्धित जिल्लामा पु¥याएर पीसीआर जाँच गर्ने तय भइनसकेको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो । नाकामा दुई हजारलाई पीसीआर जाँच गर्न पत्र आएको छ । तर, सामाग्री भने आइसकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !