आमा–छोरीलाई कोरोना

नेपालगञ्ज – नेपालगञ्जमा आमा–छोरीलाई कोरोना देखिएको छ ।
म्यान्मार (बर्मा) बाट आएका नेपालगञ्ज–१४ का आमा र छोरीमा कोरोना देखिएको हो । उनीहरु महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जको क्वारेन्टाइनमा बसेका थिए । कोरोना पुष्टि भएसँगै उनीहरुलाई आदर्शनगरस्थित आइसोलेसन सेन्टरमा राखिएको छ ।
बाँकेको आइसोलेसन सेन्टरमा अब २० जना बसेका छन् । त्यसमा महिला ११ र पुरुष नौ जना रहेका छन् । बाँकेमा ३ सय ७० जना संक्रमित भएका थिए । त्यसमा अब २० जना निको हुन बाँकी रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !