लकडाउनको पारिश्रमिक चाहियो
नेपालगञ्ज – संस्थागत विद्यालयका शिक्षकहरुले ध्यानाकर्षण ¥याली निकालेका छन् ।
संस्थागत विद्यालय शिक्षक युनियन, बाँकेको अगुवाईमा पुष्पलालचोकबाट निस्केकोे ¥याली वीपीचोकमा आएर समापन भएको थियो । संस्था विद्यालयका शिक्षकहरुले लकडाउनको अवधिको पारिश्रमिक पाउनु पर्ने, शिक्षकलाई हटाउन नपाउने, नियुक्ति पत्र दिनु पर्ने, सुत्केरी भत्ता र बिदा उपलब्ध गराउनु पर्ने, विद्यार्थीको छात्राबृत्ति कोटा हुनुपर्ने, २०६४ सालमा भएको सम्झौता कार्यान्वयनलगायत १० बँदे माग अघि सारेका छन् ।
युनियनका केन्द्रीय उपाध्यक्ष उमेश सापकोटा, केन्द्रीय सदस्य बामदेव ओली र बाँकेका अध्यक्ष गमबहादुर डागरले तत्काल मागहरु सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।