१४ जना डिस्चार्ज, २५ जना बाँकी
नेपालगञ्ज – बाँकेमा १४ जनाले कोरोना जितेका छन् । डिस्चार्ज भएका यी १४ जनालाई आज घर पठाउने तयारी भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बैजनाथका सात र राप्तीसोनारी गाउँपालिकाका सात जना डिस्चार्ज भएको जानकारी दिनुभयो । वनकटवामा बसेका बैजनाथका सात जना, कृषि तालिम केन्द्र खजुरामा बसेका राप्तीसोनारीका ६ जना र क्यान्सर अस्पताल, खजुरामा बसेका राप्तीसोनारीका एकजना डिस्चार्ज भएका हुन् ।
बाँकेमा अब आइसोलेसन सेन्टरमा २५ जना बसेका छन् । यी २५ जना आइसोलेसन सेन्टरमा बसेको १४ दिन पुगेको छैन ।