भारतबाट आएकालाई होल्डिङ सेन्टर अनि क्वारेन्टाइन

नेपालगञ्ज – भारतबाट फर्किएका नेपालगञ्जका मानिस नाकाबाट आफूखुशी घरतिर हिड्ने गरेको समाचार आएपछि अहिले नाकामा कडाई गरिएको छ ।
घर फर्किएका नेपालगञ्जका मानिसलाई पनि अहिले प्रहरीले दशगजाबाट होल्डिङ सेन्टरसम्म ल्याउने र क्वारेन्टाइनमा पठाउने गरेको छ । यसअघि नेपालगञ्जका रैथानेहरु दशगजा पार भएपछि यताउताबाट घरतिर हिड्ने गरेका थिए । नजिक घर भएको र लोकेसन थाहा पाएकाले यस्तो गरिरहेका थिए ।
भारतबाट आएका नेपालगञ्जका बासिन्दालाई महेन्द्र बहुमुखी क्याम्पसमा राख्ने गरिएको छ । अन्यत्रका मानिसलाई नाकामै गाडी गएर लैजाने गर्दछ । पछिल्लो दिनमा भारतबाट घर फर्किने नेपालीको संख्या ह्वात्तै घटेको छ ।


error: यो सुविधा उपलब्ध छैन !