चाउचाउ बोकेको गाडीमा सुर्ती तस्करी

नेपालगञ्ज – बाँकेमा सुपरपावर सुर्तीको व्यापक तस्करी भइरहेको छ । कहिले दूधको भाडोमा त कहिले चाउचाउ बोकेको गाडीमा राखेर सुर्ती ल्याउने गरेको पाइएको छ ।
५ नम्बर प्रदेश अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय, वनकट्टी (क) कम्दीले प्रिति चाउचाउ नरैनापुरमा पु¥याएर फर्किएको गाडीमा सुपरपावर सुर्ती बरामद गरेको हो । भे १ च २३६५ नम्बरको गाडीमा सात सय पोका सुर्ती बरामद छ । चाउचाउ पु¥याउदै नरैनापुरमा पुगेको गाडीमा सुर्ती ल्याइएको थियो ।
लकडाउनको मौकामा कारोबारीले नरैनापुरको नाकाबाट सुर्ती तस्करी गरिरहेको पक्राउ परेको तथ्यांकले देखाएको छ । बिहीबार पनि कम्दीबाट सुपरपावर सुर्ती, पानको पात र मसला बरामद भएको बाँके प्रहरीले जनाएको छ । तीन वटा मोटरसाइकलमा पाँच जनाले सुर्ती, पानको पात र मसला ल्याइरहेका थिए ।
नरैनापुर नाकाबाट भित्रिएको सुर्ती कम्दी आसपासमा आएपछि मात्रै पक्राउ परिरहेको छ । जबकी सुइया बघौडा, नरैनापुर, भगवानपुर, गंगापुर र फत्तेपुरमा प्रहरी युनिट छन् । प्रहरीले बरामद भएको सुर्ती र गाडीलाई आवश्यक कारबाहीका लागि भन्सार बुझाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !