२४ वटा क्रसर उद्योग बन्द गर्ने निर्णय

नेपालगञ्ज – बाँकेका २४ वटा क्रसर उद्योग बन्द गर्ने निर्णय भएको छ ।
जिल्लामा २७ वटा क्रसर उद्योग रहेकोमा तीन वटाको मात्रै मापदण्ड पुगेको पाइएपछि अरुलाई बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा आइतबार बसेको जिल्ला अनुगमन समितिको बैठकले लाइसेन्स नभएका, रिन्यू नभएका, मापदण्ड नपुगेका क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले मापदण्ड नपुगेका क्रसर उद्योगले स्टक राखेका नदीजन्य पदार्थलाई जफत गरिने बताउनुभयो । बाँकेमा असार १ गतेदेखि नदीजन्य पदार्थको उत्खनन बन्द गरिएको छ ।
जिल्ला अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी, एसपीहरु, घरेलु, वन, नापी, मालपोत अधिकृतहरु सदस्य हुन्छन् ।


error: यो सुविधा उपलब्ध छैन !