राहतको हिसाव सार्वजनिक

नेपालगञ्ज – लकडाउनका बेला कुन स्थानीय तहले आफ्ना ठाउँका विपन्न वर्गको चुल्हो बाल्न सहयोग पु¥याए ? कसले कति र कस्तो सहयोग गरे ? बिस्तारै सार्वजनिक गर्न थालेका छन् ।
स्थानीय तहका साथै कतिपय वडाले व्यक्तिगत रुपमा सहयोग जुटाएर आफ्नो ठाउँका विपन्न वर्गलाई सहयोग पु¥याएका छन् । यस्तो नमूना कार्य गर्नेमध्येको एक नेपालगञ्जको वडा नं. १८ को वडा कार्यालय पनि हो । वडा नं. १८ का अध्यक्ष दीपक बर्माले नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले गरेको निर्णय अनुसार मात्रै होइन, आफूले सहयोगीदातासँग सहयोग जुटाएर विपन्नलाई सहयोग गर्नु भएको छ ।
वडा कार्यालयले कसले कति सहयोग गरे त्यसको विवरण सार्वजनिक गरेको छ । वडाध्यक्ष बर्माका अनुसार, वडामा एक हजार तीन सय चार घरलाई राहत बाँडिएको छ । त्यसमा स्थायी बासिन्दा ९ सय १५ र अस्थायी (भाडावाला) ३ सय ८९ जना रहेका छन् ।
राहतको प्याकेजमा १५ किलो चामल, ५ किलो पिठो, दुई किलो दाल, पाँच किलो आलु, एक पोका तेल, एक पोका नुन र एउटा सावुन थियो ।
वडा कार्यालयले आफ्नै स्रोतबाट बाँडेको राहतबाहेक २३ जना मनकारीको सहयोग विपन्न वर्गकहाँ पु¥याइएको छ । व्यक्तिगत रुपमा सहयोग गर्नेमा केशव पौडेल ५५ हजार, सगरमाथा बोर्डिङ स्कूल बाइस हजार तीन सय, उत्साह नेपाल ५२ हजार ३ सय २०, रमेश थापा २१ हजार, सविन घिमिरे ३३ हजार पाँच सय (खाद्यान्न), पुरुषोत्तम नेपालको नेपाल टे«ड च्यानलले १८ हजार ९ सय ८४ (पिठो), नरेन्द्र ओलीले दश हजार, थलबहादुर ओलीले ६ हजार दुई सय (दाल), नयन केसीले दश हजार, सर्जन श्रेष्ठले १६ हजार (तेल), दिनेश केशरवालले आठ हजार, सञ्जय थापाले पाँच हजार सहयोग गर्नु भएको छ ।


दिनेश थापाले ५० किलो चामल, एक पेटी चाउचाउ, १२ पिस सावुन, मख्खन धामीले पाँच हजार, ब्राइटहोप एकेडेमीले ६० किलो दाल, विष्णु लामिछानेले चार हजार दुई सय, भीम चौधरीले ५० किलो चामल, होटल सिद्धार्थ भ्यूले एक क्वीन्टल चामल, राजकुमार गिरीले दुई हजार, सिविन नेपालले १५ क्वीन्टल चामल, २ सय २५ किलो दाल, ११ पेटी तेल, २ सय २८ वटा सावुन, टुथब्रस २ सय २८, मन्जन २ सय २८ र मास्क २ सय २८ वटा, रेष्ट अफिसले ५० जनालाई पैक राहत (१५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल, तीन किलो आलु, नुन एक पोका), पञ्चकन्याले ७५ परिवारको लागि खाद्यान्न र सेन्चुरी बैंकले ५९ हजार पाँच सय रुपैया सहयोग गरेका थिए । वडाध्यक्ष बर्माले आफैले व्यक्तिगत रुपमा पनि सहयोग गर्नु भएको छ । सुकुम्बासी टोलमा शुरुमा बर्माले व्यक्तिगत सहयोगमा राहत वितरण गर्नु भएको थियो ।
वडाध्यक्ष बर्माले मनकारीले दिएको सहयोगबाट छुट्टै प्याकेज बनाएर बाँडिएको बताउनुभयो । ‘केहीले पिठो, केहीले दाल, केहीले चामल दिएका थिए, हामीले प्याकेज बनाएर बाँड्यौ, वडाध्यक्ष बर्माले भन्नुभयो, शुरुवातका केहीबाहेक सबैको भरपाई गरिएको छ ।’
वडा कार्यालयले आफ्नै स्रोतबाट ६ सय ५० घरलाई एक हजार सात सय ५० रुपैया बराबरको प्याकेज बाँडेको थियो । जसको मूल्य ११ लाख ३७ हजार पाँच सय रुपैया हुन आउँछ ।
कतिपय ठाउँमा वडा कार्यालय, पालिकाहरुले मनोमानी तरिकाले राहत बाँडेको चर्चा हुने गरेको छ । ढिलो चाडो सबैले खर्च विवरण सार्वजनिक गर्नु नै पर्छ, वडा नं. १८ ले जसरी ।


error: यो सुविधा उपलब्ध छैन !