बजार खुल्ला, रिचेक नगरी संक्रमित घर

नेपालगञ्ज – बाँके डुडुवाका आठ जना घर फर्किएका छन् ।
कोरोना पोजिटिभ देखिएका उनीहरु १४ दिन बस्दा कुनै लक्षण नदेखिएपछि घर पठाइएका हुन् । यी आठ जना डुडुवामा शुरुवाती चरणमा देखिएका संक्रमित थिए ।
स्वास्थ्य मन्त्रालयको निर्देशिकाले १४ दिन बस्दा संक्रमितमा कुनै लक्षण नदेखिएमा घर पठाउन सकिने उल्लेख गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले सबै पालिकालाई निर्देशिका अनुसार काम गर्न अनुरोध गरिसकेको छ । आइसोलेसन अस्पताल वा सेन्टरमा १४ दिन बसेका लक्षण देखिएन भने स्वास्थ्य कार्यालयको समन्वयमा पालिकाहरुले घर पठाउन सक्ने छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, डुडुवामा आठ जना डिस्चार्ज भएसँगै बाँकेमा एक सय ७० जनाले कोरोनालाई जितेका छन् ।
लकडाउन खुकुलो हुनु, संक्रमितलाई जाँच नै नगरी घर पठाउनुले जोखिम बढ्न सक्ने केहीको भनाई छ । यद्यपि, विश्व स्वास्थ्य संगठनले १४ दिनसम्म लक्षण नदेखिएका संक्रमितमा भाइरस बृद्धि नहुने र अरुलाई नसर्ने दावी गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !